नियम १०
छात्रवृत्तिको परीक्षा
(१) शिक्षा मन्त्रालयले छात्रवृत्ति सम्बन्धी परीक्षा सञ्चालन गर्नको लागि समय तोकी छात्रवृत्ति उपलब्ध गराउने नेपालको विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थालाई लेखी पठाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखि आएमा त्यस्तो विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाले सो विषयमा शिक्षा मन्त्रालयले तोकेको समयमा परीक्षा सञ्चालन गर्न वा त्यस्तो समयमा आफ्नो विश्वविद्यालय वा शैक्षिक संस्थामा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिँदा छात्रवृत्ति प्रयोजनका लागि समेत हुने गरी एउटै परीक्षा सञ्चालन गर्न सक्नेछ । तर एक शैक्षिक सत्रको लागि एउटा विषयमा एकभन्दा बढी परीक्षा सञ्चालन गर्न सकिने छैन ।